जापानले बनायो बिश्वभरको कोरोना एकैपटक नष्ट गर्न सकिने ग्यास, विश्वभरबाट बधाई र शुभकामनाको ओइरो

राष्टिय

जापानले बनायो बिश्वभरको कोरोना एकैपटक नष्ट गर्न सकिने ग्यास, विश्वभरबाट बधाई र शुभकामनाको ओइरो

जापानले कोरोना भाइरसको प्रभावलाई निष्क्रिय बनाउन सकिने ग्यास पत्ता लगाएको बताएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार जापानले बिश्वभरको कोरोना एकैपटक नष्ट गर्न सकिने ग्यास पत्ता लगाएको दाबी गरेको छ । जापनको बैज्ञानिकहरुले ओजोन ग्यासको मद्दतबाट कोरोना भाईरस नष्ट हुने भनाई सार्वजनिक गरेको हो । जापानको अनुसन्धानकर्ताले यो ग्यासले कोरोना भाइरस नष्ट गर्ने दाबी गरेसँगै यसबाट अस्पताल पनि सुरक्षित राख्न सकिने बैज्ञानिकहरुको भनाइ रहेको छ । त्यस्तै अनुसन्धानकर्ता बैज्ञानिकहरुले भनेका छन्, ‘कम घनत्व भएको यो मात्राको ओजोन ग्यास मानिसका लागि सुरक्षित देखिएको छ ।’ जापानको फुजिता हेल्थ युनिभर्सिटीले अनुसन्धानकर्ताले कम घनत्व भएको ओजोन ग्यास बाट कोरोना नष्ट गर्न सक्ने कुरा प्रमाणित गरेको दाबि गरेकाे छन् ।

यस अघि रुसले साइडइफेक्ट नभएको कोरोना विरुद्ध ‘एपी–भ्याक’ नामक प्रभावकारी भ्याक्सिन बनाएको सार्वजनिक गरेको िथयाे । यसअघि नै कोरोनाविरुद्ध पहिलो भ्याक्सिन बनाएर बिश्वलाई खुसीको खबर दिएको रुसले तयार गरेको दोस्रो खोप थप प्रभावकारी, सुरक्षित र साइडइफेक्ट पनि नरहेको बताएको थियो ।
यो भ्याक्सिनको उत्पादन अक्टुबरदेखि नोभेम्बरसम्ममा हुन सक्ने रुसी अधिकारिहरुले बताएको छन् । त्यस्तै द्रोस्रो भ्याक्सिनको क्लिनिकल ट्रायल सेप्टेम्बरमा पूरा हुने पनि उनिहरुले बताएको छन् ।

भ्याक्सिन ५७ जना भोलिन्टिरयमाथि परीक्षण गरिएको र कसैमा पनि यसको दुष्प्रभाव नभएको र अहिलेसम्म कसैमा पनि नकारात्मक प्रभाव नभएको रुसी वैज्ञानिकहरूले बताएका थिए । भ्याक्सिनले १४ देखि २१ दिनको अन्तरालमा दुई इन्जेक्सन दिएपछि एउटा प्रतिरक्षा प्रतिक्रिया उत्पादन गर्नु रहेको पनि बैज्ञानिकहरुले बताएको छन् । यसअघि चीनले पनि खोप मानिसमा सफल परीक्षण गरिसकेको छ । अहिले चीनले कोरोनाको खोप उत्पादन गरिरहेको बताएका छ ।
त्यस्तै यसअघि बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अमेरिकाले पनि कोरोना विरुद्धको खोप बनाएको दाबी गरेपनि मानिसहरुमा दिन भने सकेका छैनन् । अमेरिकाले भने कोरोना विरुद्धको ल डाइँमा सफलता प्राप्त हुन सकेको छैन ।

यस्तै भारतमा कोरोना भाइरस कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ६० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ६० हजार ४७२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण एक हजार २३ जनाको मृत्यु भएको हो।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ७५ हजार ७६० नयाँ संक्रमित फेला परेका छन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३३ लाख १० हजार २३५ पुगेको छ । भारतमा अहिलेसम्म कोरोना भाइरसका २५ लाख २३ हजार ७७२ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् भने सात लाख २५ हजार ९९१ संक्रमित निको हुन बाँकी छन् ।

भारत संक्रमित संख्याको आधारमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित हुने तेस्रो मुलुक हो । सबैभन्दा बढी प्रभावित हुने मुलुकको शीर्ष स्थानमा अमेरिका छ भने दोस्रोमा ब्राजिल छ । मृत्यु हुनेको संख्याको आधारमा भने भारत चौथो स्थानमा छ । कोरोना भाइरसको कारण अमेरिकामा सबैभन्दा धेरैको मृत्यु भएको छ भने दोस्रो स्थानमा ब्राजिल छ । तेस्रोमा मेक्सिको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *