नेपालमा प्रधानमन्त्री केपि ओली कै संरक्षणमा भ्रष्टाचार मौलाएको हो

राष्टिय

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले प्रधानमन्त्री केपी ओलीको संरक्षणमा नेपालमा भ्रष्टाचार मौलाएको औंल्याएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलका अध्यक्ष खेमराज रेग्मीले न्यूज एजेन्सी नेपाललाई दिएको अन्तरवार्तामा प्रधानमन्त्रीकै संरक्षणमा नेपालमा भ्रष्टाचार मौलाएको आरोप लगाएका हुन् । उनले प्रधानमन्त्री केपी ओलीको संरक्षणमा ठूला भ्रष्टाचार काण्ठहरु घटेको र त्यसलाई नियन्त्रण गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग खुद्रे मुद्दाहरु बोकेर भ्रष्टाचार नियन्त्रणको डङ्का पिट्ने गरेको बताएका छन् ।अख्तियारले नेपाल आयल निगमको जग्गा खरिद प्रकरणको फाइल तामेलीमा राखेपछि ट्रान्सपरेन्सी इन्टरनेशनलको गम्भीर ध्यानाकर्षण भएको भन्दै रेग्मीले प्रधानमन्त्रीको ओठे प्रतिबद्धता र व्यवहारका कारण भ्रष्टाचारीहरु संरक्षित भएको बताएका छन् ।

बालुवाटार जग्गा प्रकरण, सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रकरण, ओम्नी प्रकरणमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले उनको संरक्षणमा भ्रष्टाचार मौलाएको पुष्टि हुने उनको तर्क छ । रेग्मीले भनेका छन्, ‘भ्रष्टाचारको मुल भनेको राजनीतिक नेतृत्व तह हो । तलका खुद्रा, मसिनालाई रोकेर भ्रष्टाचार नियन्त्रण हुने होइन । यो सम्बन्धमा प्रधानमन्त्रीले बेला बखत म भ्र्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्न । शून्य सहनशीलता अपनाउँछु भन्नुभयो तर व्यवहार मा त्यो उतार्न सक्नुभएन । उहाँको भ्रष्टाचारविरुद्धको बोली ओठे प्रतिबद्धता मात्रै देखियो, कार्यान्वयनमा देखिएन । त्यसो होइन भने बालुवाटार जग्गा प्रकरणमा आफ्नो महासचिवलाई कुनै गल्ती गरेको छैन भनेर जोगाउनुभयो ।’

यो पनि पढ्नुहोस: यो कुरा सुरु भएको थियो २०७४ सालको नयाँ वर्षको दिन। बैशाख १ गते निन्द्राबाट ब्युझिए लगतै देब्रे हतको नाडीमा केही असहज महसुस भएको थियो। खस्रो चिज हातमा कोरिएको थियो, हेर्दा ट्याटुजस्तो देखिने छाम्दा भने कुनै कुरा टाँसिए जस्तो। बेलुका सुत्दा सामान्य नै रहको हातमा एकाबिहानै आएको अस्वभाविक परिवर्तनसंगै अनौठो अनुभुति भएपनि म डराएँ। छिटो छिटो खाटबाट उठेर बाथरुम पसेर हातमा साबुन लगाएँ। मज्जाले मिचे,पखाले। सो ट्याटु जस्तो चिज पखालिएन, बरु त्यसको रंग चेन्ज भयो। कालो गोलो घेरा देखियो। गोलो घेरा भित्र रेखाहरु आफसे आफ कोरिन थाले। हेर्दा हेर्दै गोलो आकारको दाँया बाँया घडीको दम जस्ता दुई आकार देखियो। अब घडी जस्तो आकृति प्रस्ट देखियो। घडीको १२ अंकको ठाउँमा एउटा सानो थोप्लो र ६ अंक रहने ठाउँमा अर्को थोप्लो देखे।

पानीभित्रबाट सहतमा निस्केसरी छालामा बिस्तारै तीनवटा फरक-फरक रंगका सुईहरु प्रस्ट देखिन थाले। रातो रंगको धर्सो १२ अंकतिरको थोप्लो तिर सोझियो। निलो र हरियो रंगको सुई ६ बजेको थोप्लो तिर तेस्रियो। सुईहरु देखिएको ठाउँ छाम्दा पनि महसुस हुन्थ्यो।बाथरुमबाट निस्किए। सोच्दै नसोचेको क भयो, कसलाई भन्ने मन डरायो। ‘के भएको देखाउन हस्पिटल जाउँ कि? फेरी दुखेको पोलेको केही छैन। के होला पहिले पत्ता लगाउनु पर्ने सोचे। सोच्दा सोच्दै कोठा बाहिर निस्के। नजिकै रहेको सानिमाको घर तिर तेर्सिए। सानिमाको छोरा मैरै उमेरको थियो। उसैले भन्ने आँटेर कल गरे। ‘आयुष कता छस्?’ ‘घरमा’ ‘म आउँदै छु है’ ‘ओके’, उसले फोन राख्यो।

हातको अनौठो घडी हेरे। घडीमा देखिएको दुईवटा दाँयाँबाँया रहेका दमजस्ता मध्ये एउटा अलिक बाहिर र अर्को केही भित्र छिरेको जस्तो थियो। बाहुला सारेर त्यसलाई छोपी बानेश्वर तिर लम्के। बानेश्वर चोकमा बाटो काट्नेको भित्र सदा झै बाक्लो थियो। कलेज जान लागेका केटीहरु चर्को स्वरमा गफ गर्दै थिए। चोकको बिचमा ट्राफिकको सिठ्ठिको आवाज झनै चर्को थियो। धुवाँ, धुलो, कोलाहाल, यो भन्दा त गाउँकै वातावरण ठिक। गाउँसंग तुलना गर्दै मान्छेको भिड भित्र बाटो काट्न उभिरहेको थिए। बाहुला सारेर घडी हेरे। त्यो बाहिर निस्किएको जस्तो दम थिचेझै औलाले धकेलेको मात्र के थिए, त्यो त साच्चै थिचियो, भित्र पस्यो। यो भित्र पस्नासाथ पहिले दबिएझै रहेको अर्को तिरको दम फुत्त बाहिर आयो। १२ बजे तिर तेर्सिएको रातो सुइ ६ बजेमा झर्यो। निलो सुई १२ तिर तेर्सियो। हरियो सुईमा कुनै हलचल देखिएन। छालाको सहतमा आएको हलचलबाट आँखा उठाए, अर्को अनौठो घट्यो। वरिपरि रहको बाटो काट्नेको भिड गायब! वरिपरि हेरे, डाँडापाखा अनि वनजंगल मात्र।

ती डाँडापाखा अरु कतै नभइ उही पुरानो गाउँको थियो, जुन केही बेर अघि सम्झदै थिए। यताउता डुले, बानेश्वरबाट एकाएक गाउँमा कसरी आइपुगे, केही बुझ्न सकिन। हातको घडी हेरे। घडीको कालो गोलाकार आकार कालो थिएन। बरु चम्किलो सेतो गोलाकार भित्र रातो, निलो र हरियो सुई प्रस्ट थियो। घर भएको ठाउँमा आइपुगे। अर्को अनौठो भयो। ठाउँ त त्यहि थियो तर त्यहाँ घरको कुनै नामनिशान थिएन। केही बेर बसेर केही परको बजार तिर लागे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *