काङ्ग्रेस र सेनाको समर्थनमा राजतन्त्र फर्किदै: प्रमाण सहित बाहिरियो रहस्य, तपाईको पनि समर्थन भए सेयर गर्नुहोस

राष्टिय

काङ्ग्रेस र सेनाको समर्थनमा राजतन्त्र फर्किदै: प्रमाण सहित बाहिरियो रहस्य, तपाईको पनि समर्थन भए सेयर गर्नुहोस

देशमा परिवर्तित राजनीतिक परिस्थितीमाँझ पूर्वराजा ज्ञानेन्द्र शाह एकाएक सक्रिय भएका छन् । एमाले, माओवादी केन्द्रबीच एकता भइ शक्तिशाली कम्युनिष्ट पार्टी बनेको र दुई तिहाई मत सहित सरकार बनाएपछि अहिले राजा र नेपाली कांग्रेस आत्तिएको छ । राजाको भक्तिगान गर्न गणतन्त्रपछिपनि पछि नपरेको नेपाली सेनालेपनि यो बाम सरकारलाई कही न कतै असयोग गर्ने मनासय बोकेको आरोप लगाइन्छ ।

शक्तिबीचको वाम एकताले बढ्दो राजनीतिक धुव्रीकरणको अवस्थामा पूर्वराजाले कडा कदम चाल्ने तयारी गरेको एक विश्वस्त स्रोतले बतायो । यसका लागि उनले प्रमुख दल नेपाली कांग्रेस र प्रमुख सुरक्षा निकाय नेपाली सेनालाई आफ्नो पक्षमा पारेर अघि बढ्ने निश्कर्षमा पुगेका छन् । अहिलेको राजनीतिक समिकरणका कारण अब कांग्रेसलेपनि धर्म र राजाको कुरा बोक्न सक्छ भन्ने निश्कर्ष निकाल्दै अब राजाले कांग्रेसलाई हिन्दु राज्य र राजतन्त्रको भारी बोकाएर अघि बढ्न छलफल अघि बढाएका छन् । यसका लागि नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालासँग निकटहरुसँग छलफल गरिसकेका छन् ।

कांग्रेसनिकट उच्च स्रोतका अनुसार वाम एकतापछि पूर्वराजा ज्ञानेन्द्र शाहका सहयोगी (सचिवहरु), कांग्रेसका शीर्ष नेताहरु र प्रधानसेनापति निकट सेनाका उच्च अधिकारी (जर्नेलहरु) बीच अज्ञात ठाउँमा गोप्य वार्ता भएको छ । वार्तामा राजाले यो समयमा चाल्ने सम्भावित कदम, कांग्रेस र सेनाको साथका विषयमा छलफल भएको बताइएको छ । बैठकमा पूर्वराजाका सहयोगीहरुले ‘राजसंस्था फर्काउन उहाँ कडा कदम चाल्ने तयारीमा हुनुहुन्छ, तपाईहरुको भुमिका के हुन्छ ? सहयोग चाँहियो’ भनेर ज्ञानेन्द्र शाहको आग्रह सुनाएका थिए । जवाफमा कांग्रेसका शीर्ष नेता र सेनाले सकारात्मक प्रतिक्रिया जनाएको स्रोतको दाबी छ ।

कांग्रेस नेताहरुले ‘वामहरुको हातमा अब सदयौँ सम्म देश गइसकेको छ । अब फर्काउन सबै एक भएर अघि नबढे कठिन छ भन्ने निश्कर्ष निकालिएको छ । विपी कोइरालाको सिद्धान्त (कम्युनिष्टभन्दा राजा राम्रो, राजा विनाको नेपाल परिकल्पना नै गर्न सकिदैन्) अनुसार अघि बढ्नुपर्छ । यदि साँच्चिकै राजसंस्था फिर्ता गर्नुछ भने यो भन्दा राम्रो समय अब कहिल्यै आउँदैन् । मौका यही हो चौका हानिहाल्नुस्’ भन्ने आफ्नो समर्थनसहितको धारणा राजाका सहयोगीलाई सुनाएका थिए ।

बैठकमा सेनाका जर्नेलहरुले पनि उपयुक्त समयमा पूर्वराजा चालिएको जुनसुकै कदमलाई नेपाली सेनाले साथ, समर्थन रहने भन्दै जर्नेलहरुले सुनाएका थिए । उनीहरुले आफूहरुको चाहना हिन्दू राष्ट्र भइदिए हुन्थ्यो भन्ने रहेको भन्दै राजा आए त्यसले झनै सुनिश्चित गर्ने भएकाले आफूहरु सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए । आफ्नो प्रस्तावमा कांग्रेस र सेना सकारात्मक भएपनि पूर्वराजा शाह आवश्यक कदम चाल्न थप उत्साहित भएको स्रोतको भनाई छ । स्रोतका अनुसार राजाले सम्भावित कदमलाई संकेत गर्दै पछिल्लो समय वक्तव्यबाजी गरिरहेको बुझिएको छ । साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *