दशैंमा घर जानुअघि र पुगेपछि यी नियमहरु पालना नगरे यस्तोसम्म कारबाही गर्ने सरकारको तयारी

राष्टिय

दशैंमा घर जानुअघि र पुगेपछि यी नियमहरु पालना नगरे यस्तोसम्म कारबाही गर्ने सरकारको तयारी

सरकारले तीव्र गतिमा फैलिएको कोरोना रोक्न मानिसहरुलाई जहाँको त्यहीँ दशैँ मनाउने गरी रोक्ने रणनीति बनाएको छ। स्वास्थ्य मन्त्री भानुभक्त ढकालको उपस्थितिमा सोमबार मन्त्रालयमा बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले दशैँसहितका चाडमा हुने आवतजावतलाई सकेसम्म कम गर्न यस्तो निर्णय लिएको हो। मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले दशैँ तिहारमा हुने आवातजावतलाई सकेसम्म कम गर्न मानिसहरुलाई लामो यात्रामा निस्कनुअघि कडाइका साथ सरकारको शर्त पालना गर्न आग्रह गरेका छन्।

‘यो वर्ष चाडपर्व मनाउने र व्यापार व्यवसाय गर्ने हुँदै होइन। त्यसैले हामी जो जहाँ जस्तो अवस्थामा छौं, त्यहीँ त्यस्तो अवस्थामा मनाऊँ’, गौतमले भने, ‘यदि लामो यात्रा गर्ने योजनामा छौं भने आफू र परिवारका सदस्य सात दिन पूर्णतया एकान्तबास (क्‍वारेन्टाइन) बसौं। कुनै लक्षण र चिन्ह छैनन् भने मात्रै यात्रामा जाने गरौं। लक्षण वा चिन्ह देखिए यात्रा गर्दै नगरौं।’ सरकारले लामो यात्राबाट गन्तव्यमा पुगिसकेपछि पनि सात दिन एकान्तबास (क्‍वारेन्टाइन) मा बस्‍नुपर्ने बताएको छ। ‘यात्राबाट गन्तव्यमा पुगेपछि पनि अनिवार्य क्‍वारेन्टाइनमा बस्नुपर्छ’, उनले भने, ‘कोरोना फैलिन नदिन यो नियमलाई सबैले पालना गर्नैपर्छ। त्यही अनुसार हामी सम्बन्धित निकायमा पत्राचार पनि गर्दैछौं।’

पानीभित्रबाट सहतमा निस्केसरी छालामा बिस्तारै तीनवटा फरक-फरक रंगका सुईहरु प्रस्ट देखिन थाले। रातो रंगको धर्सो १२ अंकतिरको थोप्लो तिर सोझियो। निलो र हरियो रंगको सुई ६ बजेको थोप्लो तिर तेस्रियो। सुईहरु देखिएको ठाउँ छाम्दा पनि महसुस हुन्थ्यो।बाथरुमबाट निस्किए। सोच्दै नसोचेको क भयो, कसलाई भन्ने मन डरायो। ‘के भएको देखाउन हस्पिटल जाउँ कि? फेरी दुखेको पोलेको केही छैन। के होला पहिले पत्ता लगाउनु पर्ने सोचे। सोच्दा सोच्दै कोठा बाहिर निस्के। नजिकै रहेको सानिमाको घर तिर तेर्सिए। सानिमाको छोरा मैरै उमेरको थियो। उसैले भन्ने आँटेर कल गरे। ‘आयुष कता छस्?’ ‘घरमा’ ‘म आउँदै छु है’ ‘ओके’, उसले फोन राख्यो।

हातको अनौठो घडी हेरे। घडीमा देखिएको दुईवटा दाँयाँबाँया रहेका दमजस्ता मध्ये एउटा अलिक बाहिर र अर्को केही भित्र छिरेको जस्तो थियो। बाहुला सारेर त्यसलाई छोपी बानेश्वर तिर लम्के। बानेश्वर चोकमा बाटो काट्नेको भित्र सदा झै बाक्लो थियो। कलेज जान लागेका केटीहरु चर्को स्वरमा गफ गर्दै थिए। चोकको बिचमा ट्राफिकको सिठ्ठिको आवाज झनै चर्को थियो। धुवाँ, धुलो, कोलाहाल, यो भन्दा त गाउँकै वातावरण ठिक। गाउँसंग तुलना गर्दै मान्छेको भिड भित्र बाटो काट्न उभिरहेको थिए। बाहुला सारेर घडी हेरे। त्यो बाहिर निस्किएको जस्तो दम थिचेझै औलाले धकेलेको मात्र के थिए, त्यो त साच्चै थिचियो, भित्र पस्यो। यो भित्र पस्नासाथ पहिले दबिएझै रहेको अर्को तिरको दम फुत्त बाहिर आयो। १२ बजे तिर तेर्सिएको रातो सुइ ६ बजेमा झर्यो। निलो सुई १२ तिर तेर्सियो। हरियो सुईमा कुनै हलचल देखिएन। छालाको सहतमा आएको हलचलबाट आँखा उठाए, अर्को अनौठो घट्यो। वरिपरि रहको बाटो काट्नेको भिड गायब! वरिपरि हेरे, डाँडापाखा अनि वनजंगल मात्र।

ती डाँडापाखा अरु कतै नभइ उही पुरानो गाउँको थियो, जुन केही बेर अघि सम्झदै थिए। यताउता डुले, बानेश्वरबाट एकाएक गाउँमा कसरी आइपुगे, केही बुझ्न सकिन। हातको घडी हेरे। घडीको कालो गोलाकार आकार कालो थिएन। बरु चम्किलो सेतो गोलाकार भित्र रातो, निलो र हरियो सुई प्रस्ट थियो। घर भएको ठाउँमा आइपुगे। अर्को अनौठो भयो। ठाउँ त त्यहि थियो तर त्यहाँ घरको कुनै नामनिशान थिएन। केही बेर बसेर केही परको बजार तिर लागे। बजारमा सबै घरहरु उस्तै छन्। चलहपलह उस्तै छ। मोबाइल निकालेर समय हेरे। मोबाइलमा सवा सात बजेको थियो। बिहान कोठाबाट निस्किदा सात बजेको थियो। त्यहाँबाट बानेश्वर पुग्दा सवा सात भएको हुनुपर्छ। बाटोकाट्न केही मिनेट बसे, अनि एकाएका गाउँमा पुगेको प्रस्ट याद छ। बजार आइपुग्नु अघि घर हुनुपर्ने ठाउँमा १० मिनेट त बसेको हुदो हुँ। तर मोबाइलमा सवा सात मात्र किन, रहस्यहरुको चाङ एकपछि अर्को थपिदै गयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *