जनता खाना खान नपाएर मर्दैछन सरकार भने भागबन्डा मिलाउन मन्त्रालय थप्दै

जनता खाना खान नपाएर मर्दैछन सरकार भने भागबन्डा मिलाउन मन्त्रालय थप्दै\\लकडाउनका कारण क्षति बेहोरेका किसानलाई राहत वितरण गर्ने प्रस्ताव गत चैत अन्तिम साता मन्त्रिपरिषद्मा पेस भएको थियो । लकडाउनअघिको बिक्री अभिलेखका आधारमा दूध किसानलाई प्रतिलिटर १० रुपैयाँ, कुखुराको अन्डा उत्पादकलाई माउ र ब्रोइलर कुखुरा उत्पादकलाई चल्ला राहत दिने पहिलो चरणको प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयको […]

Continue Reading

मेस्सी ९८ अर्ब रुपैयामा बार्सिलोना छोडेर नयाँ क्लब जादै, उनको यो कदम ठिक या बेठीक ?

मेस्सी ९८ अर्ब रुपैयामा बार्सिलोना छोडेर नयाँ क्लब जादै, उनको यो कदम ठिक या बेठीक ? अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई अर्को क्लब जान बार्सिलोनाले बाटो खुला गरेको छ । तर, त्यसका लागि उनी आवद्ध हुने अर्को क्लवले बार्सिलोनालाई ७ सय युरो अर्थात ९७ अर्ब ७५ करोड ७१ लाख रुपैयाँ भन्दाबढी तिर्न पर्ने सर्त राखिएको छ […]

Continue Reading

महेन्द्र सिंह धोनीको बोल्ड निर्णयले भारतमा रुवाबासी, आखिर किन गरे यस्तो ??

भारतका पूर्वकप्तान महेन्द्र सिंह धोनीले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । उनले सबै फ्याम्याटको अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । उनले इन्स्टाग्राममा सन्देश लेख्दै सबैलाई धन्यावाद भनेका छन् । सन् २००७ मा भारतबाट कप्तानी गरेका भारतलाई सन् २००७ र २०११ को विश्वकप उपाधि दिलाएका थिए । ३० डिसेम्बर २०१४ मा टेष्ट कप्तान र जनवरी […]

Continue Reading

मेस्सीको टोली बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो, बायर्न म्युनिखसँग ८-२ को लज्जास्पद हार

च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिखले बार्सिलोनालाई लज्जास्पद हार चखाएको छ । शुक्रबार राति भएको खेलमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस महारथी बार्सिलोनालाई ८–२ गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । थोमस मुलर र फिलिप कौटिन्होले समान दुई/दुई गोल गर्दै बायर्नलाई शानदार जित दिलाए । अरू चार गोलमा जोशुआ किम्मिच, सर्ज जिनाब्री, रोबर्ट […]

Continue Reading

नेपाली फुटबलका ११ खेलाडीसहित २५ जनाको कोरोना रिपोर्ट यस्तो आयो

नेपाली फुटबलका ११ खेलाडीसहित २५ जनाको कोरोना रिपोर्ट यस्तो आयो फिफा विश्वकप छनोटका लागि बन्द प्रशिक्षणमा सहभागी हुने राष्ट्रिय फुटबल टिमका ११ खेलाडीसहित २५ जनामा कोरोना संक्रमण नभएको पाइएको छ । सोमबार पाटन अस्पतालमा ११ खेलाडी २ अफिसियल र अन्य स्टाफसहित २५ जनाको कोरोना परिक्षणको लागि स्वाब संकलन गरिएको थियो । ती सबै जनाको रिपोर्ट […]

Continue Reading

पिसीआर परीक्षणको नतिजाका आधारमा खेलाडीलाई प्रशिक्षणमा सहभागी गराइने

काठमाडौं, साउन २३ अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले खेलाडीको पिसीआर परीक्षणको नतिजाका आधारमा प्रशिक्षणमा सहभागी गराउने भएको छ।आगामी भदौ १ गतेदेखि थाल्ने प्रशिक्षणका लागि हाल ३४ खेलाडीलाई १४ दिनको क्वारेन्टिनमा राखिएको छ। प्रशिक्षणको तयारीमा जुटेको एन्फाले राष्ट्रिय फुटबल टोलीका पुरुष खेलाडीलाई साउन १८ गतेदेखि क्वारेन्टिनमा राखेको हो।कोरोना भाइरसको महामारीका कारण फुटबल प्रशिक्षण गत चैत […]

Continue Reading

आलुले भेटेका लिम्बू र याङमालीहरू

दिलविक्रम आङदेम्बे  वलुङ नेपालको हिमाली भेगमा बस्ने जनजाति समुदाय हुन्। उनीहरूको मुख्य बसोवास ताप्लेजुङको ओलाङचुङगोला, याङमा, घुन्सा, लुङथुङ र लेलेपलगायत गाउँ हो।अहिले यी गाउँलाई समेटेर फक्ताङलुङ गाउँपालिका बनाइएको छ। यस वर्ष ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले वलुङहरूको पार्श्वचित्र तयार गर्न मलाई जिम्मा दियो। त्यसैको सम्झौता गर्न गत माघमा डोल्पाका साथी जगबहादुर बुढा र म फक्ताङलुङ गाउँपालिकाको कार्यालय […]

Continue Reading

दुई वर्षअघि पारसले दिलाएको त्यो खुसी

दुई वर्षअघि आजकै दिन नेपालले नेदरल्याण्डससँग पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय सिरिजको दोस्रो तथा अन्तिम खेल खेल्दै थियो।पहिलो खेलमा पराजित भएपछि नेपालले डेब्यू एकदिवसीय खेलमा जित हात पार्ने अवसर गुमाएको थियो।नेदरल्याण्डसमा भएको दोस्रो खेलमा जित हात पारे नेपाललाई पहिलो पटक एकदिवसीय हात पारेर इतिहास बनाउने मौका थियो।टस जितेर पहिलो ब्याटिङ गरेको नेपाल ४८.५ ओभरमा २१६ रनमै अलआउट […]

Continue Reading

रोनाल्डो पहिलो अर्बपति फुटबलर

एजेन्सी  लन्डन । पोर्चुगल तथा इटालियन क्लब युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो फुटबलबाट १ बिलियन कमाइ गर्ने पहिलो फुटबल खेलाडी बनेका छन् । बेलायती पत्रिका फोब्सले सार्वजनिक गरेको सूचीअनुसार रोनाल्डोले खेल करियरमा १ अरबभन्दा बढी कमाइ गरेको हो ।रोनाल्डोले फुटबलबाट मात्रै करियरमा ६५ करोड डलर आम्दानी गर्दा बाँकी विभिन्न प्रायोजकबाट कमाएका छन् । रोनाल्डोलाई नाइकीले आजीवन […]

Continue Reading

३३ वर्ष पूरा भए मेसी : अर्जेन्टिनाको जर्सीमा अभागी, बार्सिलोनामा कीर्तिमानी

अन्तर्राष्ट्रिय फुटबलमा स्पेनिस क्लब बार्सिलोना र फरवार्ड लिओनल मेसी पर्याय जस्तै हुन्। किनकी मेसीले बार्सिलोनाका उपाधि मात्र दिलाएका छैनन् दर्जनौ कीर्तिमान बनाएका छन्।बुधबार ३३ वर्ष पूरा भएका मेसीले २००४ मा बार्सिलोनामा डेब्यू गरेका थिए। त्यसयता उनले ला लिगामा ४७८ खेल खेल्दै ४४० गोल गरेका छन्। यो स्कोर बार्सिलोनाका लागि मात्र होइन ला लिगाको पनि सर्वाधिक […]

Continue Reading